देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अछाम पुगेर भीम रावलविरुद्ध बोलेपछी विष्णु पौडेल लखेटिए, कुर्सी हानाहान

0

काठमाडौं – एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा उम्मेदवार बनेका एमालेका तत्कालीन उपाध्यक्ष भीमबहादुर रावलको विषयमा लफडा शुरु भएको छ ।

मिसन ग्रासरुट अभियान चलिरहेका बेला रावलको विषयमा एमालेभित्र सुदूरपश्चिम प्रदेशमै लफडा भएको हो । मिसन ग्रास रुट अभियानमै एमाले अध्यक्ष ओली लुम्बिनीपछि गण्डकी प्रदेशतिर डुलिरहेका बेला उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश पुगेका थिए ।

त्यही क्रममा सोमबार दिउँसो पौडेललाई अछामबाट धनगढी खेदिएको छ । धनगढीमा भने भीम रावल आफैँ बसेका थिए । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको विरोध भएपछि कार्यक्रम बिथोलिएको र त्यहाँ उपाध्यक्ष पौडेलले बोल्ने अवस्था नबनेपछि धनगढी फर्केका थिए ।

सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित रहेको पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति विपरीत ओली पक्षका एक नेताले रावलको विरुद्धमा बोलेपछि रावल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी प्रहार गरेका थिए ।

कार्यक्रम शुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएको थियो । तर सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेर पौडेल, भट्ट थापा तथा भण्डारीलाई बोल्नबाट बञ्चित गराएका थिए ।

साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित उक्त कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको थियो । लगातारको नाराबाजी र असामान्य अवस्थापछि जोशीले रावलका सन्दर्भमा आफूले बोलेका शब्द फिर्ता लिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार