देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अडियो प्रमाणित नभएको भन्दै ओलीले गरे बाँस्कोटाको बचाउ

0

मध्यबिन्दु/काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित नभएको दाबी गरेका छन् । आज (बिहीबार) नेकपाले काठमाडौंमा आयोजना गरेको वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले बाँस्कोटाको बचाउ गरेका हुन् ।

“मेरो बारेमा प्रश्न उठेकाले राजीनामा गर्छु भनेर राजीनामा दिनुभयो । तर कुनै प्रमाणित छैन । स्वीसको प्रतिनिधि होइन भनेर भनिसकेको छ । फ्रड हो भनेर एम्बेसीले भनिसकेको छ । कुनै सत्यता पुष्टि भएको छैन,’ उनले भने ।

भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभए पनि पत्रिकाले अनावश्यक रूपमा छापेको ओलीको भनाइ छ । “आरोप छैन, मुद्दा छैन, उजुरी छ भन्ने अखबारमा देखेको थिएँ, ”उनले भने, “मेरो पनि नाम छ रे उजुरीमा । काम नलाग्ने पत्रु उजुरी हो । शुशासनमा लागेको छ । अख्तियारले मुद्दा चलाएको चलायै छ ।”

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार