देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

0

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमिको विषयमा भारतसँग वार्ता अघि बढ्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सीमा विवादको विषयमा भारतसँग चाँडै वार्ता हुने बताएका हुन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन विधेयक संघीय संसदबाट पास भएपछि वार्ता पनि चाँडै हुने उनको भनाई छ ।

संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’ राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै उनले अब चाँडै भारतसँग वार्ता गर्ने बताएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार