देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अत्यावश्यक औषधि सहजै उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

0

काठमाडौं – सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा अन्तरिम आदेश माग गरिएकोमा आदेशबारे छलफलका लागि माघ १७ लाई पेसी तोकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार