देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘अदालतको विवादमा काँग्रेस किन मौन ?’ – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता गगनकुमार थापाले सरकार र सत्तारुढ दलहरु अदालतको विवादमा मौन बसेकाेमा आपत्ति जनाएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

उनले सत्तारुढ दलहरुको समन्वय समितिमा पनि यसबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले बैठकमा भने, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ।’

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ भने सर्वोच्च अदालतकै न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार