देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यक्षको बिशेष पहलमा हेलम्बु क्षेत्रमा ८० करोडको सडक बन्दै

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेग बिशेषगरी हेलम्बु गाउँपालिका केन्द्रित दुई ठुला सडक आयोजना सञ्चालन हुने भएका छन् । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको बिशेष पहलमा सम्बन्धित विभाग तथा मन्त्रालयको सहयोगमा कालोपत्रे समेत हुनेगरी यि योजना सञ्चालन हुन लागेको हो ।

गत असार १ र साउन १६ गतेको भिषण बाढिकाकारण सडक सञ्जालबाट अलग हुन पुगेको हेलम्बु गाउँ पालिकाको मेलम्चि खानेपानी आयोजनाको मुहान सम्म पुग्न समेत कठिन परिस्थितिलाई लक्ष्यित गर्दै यो सडक आयोजना सञ्चालन हुन लागेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।

अध्यक्ष शेर्पाका अनुसार काठमाडौं बाट सुन्दरिजल हुँदै खानेपानि मुहानसम्म पुग्ने “सुन्दरिजल पाटिभञ्ज्याङ कुटुमसाङ अम्बाथान मेलम्चि हेडवर्कस सडक” को लागि रु १० करोडको टेण्डर आव्हान भइसकेको छ भने थप ४० करोडका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरी बजेटकालागी फाइल अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

त्यसैगरी मेलम्चि देखि खानेपानि मुहानसम्म पुग्ने “मेलम्चिबजार मेलम्चि हेडवर्कस सडक” को लागि रु ५ करोडको टेण्डर भइसकेको छ भने थप २५ करोडका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरी बजेटकालागी फाइल अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

विगत देखि हुँदै आएका विकासका योजनाहरु मध्ये सडक तर्फको यो योजना सबैभन्दा ठुलो योजना भएको दाबि गर्दै अध्यक्ष शेर्पा भन्छन् “यसै क्षेत्रबाट निर्वाचित पुर्व मन्त्री समेत रहेका माननियले सदनमै त्यो सडक आवश्यक नरहेको भन्दैगर्दा समेत सम्बन्धित तहका उच्च ओहदाका कर्मचारीलाई स्थलगत अनुगमन गराई स्थानिय समस्याको जानकारी गराएपछी योजना पार्न सफल भएका हौं ।”

हेलम्बुमा आएको बाढिले चनौटेमा रहेको रातोपुल बगाएर लगेपछी अध्यक्ष शेर्पाकै पहलमा अहिले बेलिब्रिज बनिसकेको र बाढिपिडित स्थानिय बासिन्दालाई उचित बासस्थानको प्रबन्ध मिलाइसकिएको बताउँदै अध्यक्ष शेर्पाले भने “हाम्रो योजना अनुसारको बजेट प्राप्त हुने हो भने हेलम्बुलाई साविक अवस्थामा फर्काउन र काठमाडौं पानि पठाउन कति पनि समस्या छैन ।”

पशुपतिशम्शेरको कार्यकालपछी विगत २०६४ साल देखिनै लगातार कम्युनिष्टका सांसद र मन्त्रि हुँदापनि यति ठुलो योजना लान नसकेको स्मरण गर्दै शेर्पाले आफुले यसको साथै हेलम्बुको पहिचाहनको रुपमा शुरु गरेको मोडल विद्यालय, बन्जी पुल, हिमालयन ग्रेट ट्रेल, गोसाइँकुण्ड केवलकार जस्ता दिर्घकालिन योजनाहरु सम्पन्न गरेरै छोड्ने बताए ।

 

No description available.

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार