देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यक्ष र उपाध्यक्षबीचको विवाद, एउटै कार्यालय भवनको दुई ठाउँमा शिलान्यास

0
<p>तस्वीर : क्रान्ति शाह</p>

तस्वीर : क्रान्ति शाह

काठमाडौं – पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद छताछुल्ल भएको छ। सोमबार दु्ई छुट्टा छुट्टै स्थानमा गाँउपालिका कार्यालयको भवनको शीलन्यास गरेका छन्।

एउटै पालिकाको भवन निर्माणका लागि अध्यक्ष र उपाध्यक्षले दुई छुट्टा छुट्टै भवन निर्माणका लागि भन्दै शिलान्यास गरेपछि दुवै जनाबीचको विवाद झन छताछुल्ल भएको हो।

सोमबार बिहान ८ बजे उपाध्यक्ष चौधरीले केही वडाअध्यक्ष र राजनीतिक दलका स्थानीय नेताहरुलाईसँगै राखेर वडा नम्बर २ मा रहेको ९ कठ्ठा सार्वजनिक जग्गामा गाँउपालिका कार्यालयको शिलान्यास गरेकी छिन्।

सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ पचगावा बजार छेउँकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ नि:शुल्क दान दिएको ९ कठ्ठा  २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।

दुवै जना तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन्। अहिले उनीहरु दुवै जना हालको जसपामै छन्।

सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ पचगावा बजार छेउँकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ नि:शुल्क दान दिएको ९ कठ्ठा  २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।

यसअघि आइतबार गाँउपालिकाको कार्यालयमा उपाध्यक्ष चौधरीको अगुवाइमा त्यहाँका राजनीतिक दलहरुले तालाबन्दी पनि गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार