देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यागमनका कर्मचारीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध

0

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने भएका छन् ।

भिजिट भिसामार्फत हुने मानव तस्करीमा कर्मचारीको मिलेमतोको आशंकापछि मोबाइल प्रयोगमा रोक लगाइएको हो ।

अराइभल र डिपार्चर डेस्कमा बस्ने कर्मचारीले अब अफिसियल मोबाइल मात्र बोक्न पाउने विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले बताए ।

‘ड्युटीमा रहेको अवस्थामा कर्मचारीको व्यक्तिगत मोबाइल लकरमा राख्न थालिएको छ,’ अध्यागमन प्रमुख शाहीले भने, ‘कसैले अत्यावश्यक परेमा वरिष्ठ अध्यागमन अधिकृतको स्वीकृतिमा मात्र प्रयोग गर्न पाउँछन् । नत्र ल्यान्डलाइन र सरकारी मोबाइल मात्र प्रयोग हुन्छ ।’ सरकारी कामका लागि अध्यागमनले नै कर्मचारीलाई छुट्टै मोबाइल र सिमकार्ड उपलब्ध गराएको छ ।

केही दिनअघि अध्यागमन विभागले गरेको छड्केमा केही कर्मचारीको मोबाइलसमेत बरामद गरेको थियो । जसमा शंकास्पद सम्पर्क देखेपछि उनीहरूको सरुवासमेत गरिएको स्रोत बताउँछ ।

थप प्रस्ट मापदण्ड बनाउन गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा एक समिति गठन गरिएको छ । तर, मानव तस्करीमा संलग्न गिरोह र कर्मचारीमाथि भने अनुसन्धान हुन सकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार