देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यागमनका कर्मचारीले अब छुट्टै पोशाक लगाउने

0

काठमाडौं – अध्यागमन विभागले अध्यागमन कार्यालयहरुमा खटिने कर्मचारीका लागि छुट्टै पोशाक (ड्रेस कोड) तोक्ने निर्णय गरेको छ ।

विभागले अन्य निजामती कर्मचारीले जस्तै पोशाक लगाउँदा अध्यागमनका कर्मचारीहरुको पहिचान असहज भएको भन्दै छुट्टै पोशाक तोकेको हो ।

विभागका महिला र पुरुषका लागि अध्यागमनका कर्मचारीले लगाउने पोशाक तोकेरै कार्यान्वयनका लागि कार्यालयहरुमा परिपत्र गरिसकेको महानिर्देशक कोषहरि निरौलाले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलसहित नाकामा रहेका अध्यागमन कार्यालयमा सेवामा खटिने कर्मचारीहरुले अब नयाँ तोकिए बमोजिमको पोशाक लगाउनुपर्नेछ । अध्यागमन कार्यालयमा खटिनेहरूको खरानी रंगको ड्रेसमै ‘इमिग्रेसन अफिसर’ उल्लेख हुनेछ ।

‘अध्यागनका कर्मचारीहरु फुर्तिलो, हसिंलो र फरक पहिचानसहितको हुनुपर्छ,’ महानिर्देशक निरौला भने,‘अध्यागमन सेवा लिने सेवाग्राहीलाई सन्तुष्ट बनाउन यो कदमले सहयोग पुग्ने विश्वास गरिएको छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार