देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यादेश प्रकरणले सरकारको सर्वसत्तावादी सोच प्रस्ट : देउवा

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश प्रकरणले सरकारको सर्वसत्तावादी सोच झनै प्रस्ट पारेको टिप्पणी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अलोकतान्त्रिक भएको देउवाले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धमा सााझ सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै देउवाले संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक समेत रहेको बताए ।

देउवाले सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद भन्दै अलोकतान्त्रिक तबरले ल्याएको अध्यादेशमा कांग्रेसको विमति रहेको प्रस्ट पारेका छन् ।

’उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ,’ देउवाले फेसबुक पेजमा लेखेका छन्, ’यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ ।

मंगलबार बिहान कोरम नपुगेर स्थगित भएको संवैधानिक परिषद् बैठक पुन: सुरू भएको छ । उक्त बैठकमा शेरबहादुर देउवा भने अनुपस्थित थिए । बिहान बसेको बैठकमै देउवाले अध्यादेश ल्याए आफूलाई मान्य नहुने बताएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार