देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो – बाबुराम भट्टराई

0

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दल विभाजनको अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष भट्टराईले संसद अधिवेशन अन्त्यग गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रको हत्या भएको टिप्पणी समेत गरेका छन्।

भट्टराईले ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताए।

यस्तो छ भट्टराईको ट्वीट :

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार