देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अध्यादेश विरुद्ध नेकपाका प्रचण्ड- नेपाल समुहको बैठक खुमलटारमा

0

काठमाडौं  – नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्रका विपक्षी नेताहरु छलफलमा जुटेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष दाहाल ‘प्रचण्ड’ निवास ललितपुरको खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा बसेका छन् ।

अध्यक्ष प्रचण्डले अध्यादेशलाई गलत आएको भन्दै तुरुन्त खारेज गर्नुपर्ने बताइसकेका छन् । (नेकपा)को स्थायी कमिटी बैठक भोलि राजधानीमा बस्दैछ । बैठकमा अध्यादेशको विषयलाई व्यापक रुपमा विरोध गर्नबारे छलफल भइरहेको पार्टी स्रोतले जनायो ।

जारी अध्यादेशमा प्रधानमन्त्री र अन्य तीन सदस्य भए निर्णय लिन गणपूरक संख्या मानिने व्यवस्था गरिएको छ । यसले बहुमत संख्याले निर्णय लिन सकिने ढोका खुलेको छ । सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुँदा आज बिहानको संवैधानिक परिषद्को बैठक बस्न सकेन भने आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुँदा बैठक रोकिएको थियो ।

अध्यादेशको नेपाली कांग्रेस, सजमावादी पार्टी लगायत विभिन्न राजनीतिक दलहरुले अध्यादेशप्रति आपत्ति जनाएका छन् । ओली नेतृत्वकै पार्टीका नेताहरुले आपत्ति जनाउँदै खारेजीको माग दोहोर्याइरहेका छन् ।यो बिषयले बुधबारको स्थायी कमिटीको बैठक ओलीका लागि निकै सकसको विषय भन्ने निश्चित रहेको विश्लेषकहरुको भनाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार