देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अनलाइन कक्षालाई निरन्तरता निरन्तरता देऊ : शिक्षा मन्त्रालय

0

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइतबार एक विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरुलाई निरन्तरता दिन सम्बद्ध सबैलाई निर्देशन दिएको हो ।

निजी लगानीका विद्यालयको आर्थिक लगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन भनेको हो ।

निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी प्राप्त सुझावका आधारमा समस्याको ठोस समाधान गरिने प्रवक्ता शर्माले बताए । हालै सार्वजनिक मौद्रिक नीतिमा शिक्षा व्यवसायीलाई समेत कर्जाको भुक्तानीको म्याद थप कर्जाको पुनरतालिकीकरणको व्यवस्था गरिएको स्मरण गराइएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले गत असार ३१ गते संयुक्त अपिल जारी गरी अनलाइन कक्षा स्थगनको घोषणा गरेका थिए ।

अनलाइन कक्षाबापत नियमित शुल्क उठाउन नपाउँदा र शिक्षक कर्मचारीको तलब दिन नसक्दा समस्या भएकाले उनीहरुले अनलाइन कक्षा स्थगनको घोषणा गरेका हुन् ।

मन्त्रालयले गत जेठ १८ गते स्वीकृत गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ गत असार १ देखि मुलुकभर सबै विद्यालयमा लागू गराउन निर्देश गरेको थियो ।

मन्त्रालयले सोको कार्यान्वयनका लागि कुनै समस्या भएमा सम्बन्धित स्थानीय तहसँग परामर्श गरी निर्देशन अनुसार गर्नसक्ने पनि जनाउँदै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार