देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अनशनरत डा. केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति

0

काठमाडौं – अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ । अनशन बसेको २७ औं दिनको दिन सहमति भएको हो ।सहमति भएसँगै डा. केसीले आज आइतबार बिहानबाट अनशन तोड्ने भएका छन् । बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए ।

सहमति पत्र

letter-1.jpg

letter-2.jpg

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार