देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अनैतिक क्रियाकलापमा संलग्न ७३ जना काठमाडौंबाट पक्राउ

0

(काठमाडौं) – अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई पक्राउ गरेको हो ।

गोंगबु नयाँ बसपार्क क्षेत्रमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयको गुनासोका आधारमा छापा मारिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार