देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अनैतिक क्रियाकलाप गर्ने ९ विदेशीसहित १५ महिला पक्राउ

0

काठमाडौं – काठमाडौं ठमेलमा रातको समयमा सार्वजनिकस्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले ९ विदेशी र ६ जना नेपाली गरि १५ महिलालाई पक्राउ गरेको छ ।

प्रहरी बृत्त लैनचौरको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उनीहरुले ठमेलको सडकमा रातको समयमा विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिकस्थलहरुमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाई छ ।

उनीहरुविरुद्ध पाँच दिन म्याद लिएर प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालेको छ । पक्राउ पर्ने विदेशीमा आठ युगाण्डा र एक जना केन्याको युवती छन् । नेपालीहरु पनि विभिन्न जिल्लाका छन् ।

यी हुन् पक्राउ पर्ने

list
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार