देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अन्ततः कमल थापाले त्यागे राप्रपा

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय लिएको बताएका छन् ।

“अत्यन्त भारी मन तथा पीडाबोध साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।” विज्ञप्तिमा उल्लेख छ ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु । पार्टीमा रहँदा बिताएका क्षणहरु प्रति म सदैव गौरव गरिरहने छु। रापपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’ जारी विज्ञप्तिमा भनिएको छ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार