देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अन्ततः प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । प्रधानमन्त्री सहमत भएसँगै बालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा स्थायी कमिटी बैठक सुरु भएको छ ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले अनलाइनखरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार