देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अन्तत: नेकपा माओवादी र समाजवादी पनि एमसीसीकै पक्षमा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – अन्तत: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमसीसी  अनुमोदन गर्ने पक्षमा पुगेका छन् ।

शनिबार भएको दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका हुन् ।

प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाट अगाडि बढ्छ ।’ उनिहरुले एमसीसीको अस्पष्ट विषयमा संसदमा एकपक्षीय घोषणाबाट संकल्प प्रस्ताव पारित गरी एमसीसी अनुमोदन पनि गराउने तयारी गरेका छन् ।

प्रचण्ड र माधव नेपालले निकासका लागि विकल्प तयार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन नतोड्ने गरी रोक्किएका छन् । उनी शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको सूत्रसहित जाने तयारीमा थिए ।

माओवादी र समाजवादीको यो निर्णयकै कारण बालकोटमा काँग्रेसका दोश्रोतहका नेताहरुले छलफल गरेपनि देउवा पुगेनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार