देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अन्तत: राजेन्द्र लिङ्देनको समुहमा खुले विक्रम पाण्डे

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् ।

राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका भएपनी पाण्डे लिङ्देन समूहमा खुलेका हुन् ।

राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था अनुरुप पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि उनलाई आफ्नो उपाध्यक्षमा राखेको थियो ।

राप्रपाका प्रभावशाली नेता मानिने पाण्डे अन्तिम समयमा लिङ्देनको र्‍यालीमा सहभागी भएर थापासँग आफू नभएको सन्देश प्रवाह गरेका हुन् ।

मनोनयनको प्रारम्भिक नामावली आउन भने बाँकी छ । त्यसमा दाबी विरोध भई अन्तिम नामावली आएपछि पाण्डे कुन प्यानलबाट चुनाव लड्नेछन् भन्ने खुल्नेछ । न्युजकारखाना

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार