देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

“अन्तरघात नभएको भए कांग्रेसले ४ सय बढी पालिका जित्थ्यो” – प्रवक्ता महत

0

काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काँग्रेस भित्र अन्तर्घात नभएको भए अझै बढी पालिकाको नतिजा काँग्रेसको पक्षमा आउने बताएका छन्।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्घातका कारण काँग्रेसले केही पालिका गुमाउनु परेको जनाए।‘हाम्रो पार्टीमा अहिले पनि अन्तर्घातको समस्या समाप्त भएको छैन। यदि हाम्रो पार्टीमा अन्तर्घात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित सङ्ख्या पुर्‍याउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने।

‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समीक्षा गर्ला। यद्यपि नतिजा सकारात्मक छ, सन्तुष्टिजनक छ,’ प्रवक्ता महतले भने।

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे। बन्धन नगरी एक्लै लडेका स्थानमा पनि काँग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए।

‘नगरपालिकाहरूमा झन्डै ५० प्रतिशत हाराहारीमा काँग्रेसले जित हासिल गरेको छ। मतदाता, जनसङ्ख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासिल गरेका छौँ भन्न सक्छौँ,’ उनले भने।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार