देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अन्तरिक्षमा मुला फल्यो

0

काठमाडौं– वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मुला फलाएका छन् । यो मुलालाई २०२१ मा पृथ्वीमा ल्याइनेछ । फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेस स्टेशनमा फलाइएको मुला उखेलेकी छिन् । केटले मुलाका १० बिरुवालाई प्याक गरेर २०२१ मा पृथ्वीमा ल्याउनको लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।

 

नासाले ट्वीटरमा यसको जानकारी दिएको छ । नासाले यो परीक्षणको नाम हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनको लागि मुला छिटो तयार हुने बाली भएका कारण यसलाई रोजिएको थियो । वैज्ञानिकहरुलाई यो २७ दिनमा तयार हुने विश्वास थियो ।

उत्पादित मुलामा पोषक तत्व पनि छ र खान लायक पनि छ । अब यो मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मुलासँग गरिनेछ । एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार