देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ हुने

0

काठमाडौं – खेल मार्फत सहकारी संस्थाको हार्दिकता र सहकार्य मजबुत बनाउने उद्देश्यले उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ हुने भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ४, माकलबारी स्थित मनकामना फुटसल मैदानमा आगामी पुस २ र ३ गते हुने आयोजक संस्थाका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले बताए।अध्यक्ष तिमल्सिनाका अनुसार खेल मार्फत हार्दिकता र सहकार्यलाई थप मजबुत बनाउन यो कार्यक्रम गर्न लागिएको हो ।

सहकारी अभियानमा सम्बद्ध संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्यव्यवहार र आपसी सम्बन्धलाई उजागर गर्न यस्ता प्रतियोगिता आयोजना गरिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

प्रतियोगितामा भाग लिएर प्रथम विजेता हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार प्राप्त गर्नेछन् । यसैगरी, सहभागी सबैलाई प्रशंसा पत्र सहितको सहभागिता प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन नेपालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन चाहने सहकारी संस्थाले यही मंसिर २५ गते (विहीबार ) कार्यालय समयभित्र नाम दार्ता गरी सक्नु पर्ने आयोजक संस्था उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार