देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अन्तिम समयमा क्यानको साधारणसभा स्थगित

0

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई कोरोना संक्रमण देखिएपछि साधारण सभा स्थगित भएको छ ।

कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित भएको हो ।

चितवनको सौराहामा यही असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले सोमबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारी र केन्द्रीय सदस्यहरु समेत आइसोलेसनमा रहेकाले साधारणसभा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार