देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अपराध महाशाखाका इन्स्पेक्टर थापा घूस सहित पक्राउ

0

(काठमाडौं) – महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जय नेपाल थापा घूस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले ४० हजार रुपैयाँ घूस सहित थापालाई पक्राउ परेको हो ।

अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असूल उपर गराउने वातावरण मिलाई दिए बापत सेवाग्राहीसँग ४० हजार घूस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले ललितपुर महानगरपालिका १५ स्थित शुद्ध साकाहारी खाजा घरबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार