देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै संसदमा प्रस्ताव

0

(काठमाडौं) – विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ शीर्षकको प्रस्ताव थापाले सोमबार संसद सचिवालयमा दर्ता गराएका हुन् ।

सांसद थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

कम जोखिमको अवस्थामा रहेका र स्वेच्छाले घर फर्कन चाहानेलाई चरणवद्ध रुपमा क्रमश ल्याउने व्यवस्था गर्ने र जोखिम नरहेका तर लकडाउनका कारण रोजगारी स्थगित भएकालाई गन्तव्य मुलुकमा नै समन्वय गरी व्यवस्थापन गर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

व्यवस्थापन सम्बन्धी योजना र संयन्त्रहरू बनाई कार्य प्रारम्भ गर्ने, उक्त समितिले उच्च जोखिम, जोखिम र आवश्यकताका आधारमा श्रमिकहरुलाई फिर्ता ल्याइने मापदण्ड, आधार, प्रकृया, चरण र नेपालमा ल्याइसकेपश्चात क्वारेन्टाइन, स्वास्थ्यजाँच, व्यवस्थापनका आधार तथा प्रक्रिया निर्धारण गर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

घरसम्म सुरक्षित फिर्ताका लागि सम्बन्धित निकाय, स्थानीय र प्रदेश सरकारसंग समन्वय गर्ने, विभिन्न देशमा खाना वा आवास नपाएर समस्यामा परेकाहरुलाई तत्काल नेपाली दुतावास मार्फत त्यसको व्यवस्था गर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

समस्याको प्रकृतिका हिसावले गरिएको वर्गीकरण अनुसार सुरक्षित रुपमा प्रचलित मापदण्डको पालना गरी सर्वाधिक जोखिममा रहेकाहरुबाट शुरु गरी संकटमा परेकाहरुलाई अविलम्ब उद्धार र घर फर्कने व्यवस्था मिलाउने । त्यसपछि क्रमश कम जोखिममा रहेका र नेपाल आउन चाहानेहरूका लागि चरणवद्ध रुपमा ल्याउने वातावरण बनाउने संकल्प प्रस्तावमा उल्लेख छ ।

यस्तै, भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ । यसरी ल्याएकालाई परीक्षण गरेर घर पठाउने तथा भारतमै रहेका तर खाना र आवासको समस्या भएकालाई दूतावासमार्फत व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार