देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अफगानिस्तान र पाकिस्तानमा राष्ट्रसंघीय सहायता संस्थाको सहयोग

0

रासस – अफगानिस्तान र पाकिस्तानका चिसो पीडित नागरिकहरुलाई संयुक्त राष्ट्रसंघीय संस्थाहरुले सहयोग गरिरहेको ती संस्थाले जनाएका छन् । चिसोका कारण समस्यामा परेका नागरिकलाई राष्ट्रसंघीय निकायहरुले सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जानकारी दिएका छन् ।

ती निकायहरुले दुई देशका चिसो पीडितलाई न्यानो कपडा, ज्याकेट, कम्बल एवं खाना उपलब्ध गराएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी गराएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यी दुई देशमा हाल जारी रहेको हिमपात, बाक्लो हुुस्सु र शीत लहरका कारण कतिपय क्षेत्रका नागरिकलाई ठूलो समस्या परिरहेको छ ।

पाकिस्तानको उत्तरी र दक्षिणी भूभागका कतिपय स्थानमा शीत लहर र हिमपातका कारण कम्तीमा पनि १२७ जनाको ज्यान गएको छ । ती क्षेत्रमा हिमपातका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
त्यसैगरी अफगानिस्तानमा पनि भारी हिमपात भएको छ । हिमपातपछि भएको वर्षापछि आएको बाढी र हिउँपहिरोका कारण यहाँका कम्तीमा पनि ११ वटा प्रान्त प्रभावित भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार