देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुँदै

0

काठमाडाैं – अमेरिकी र नेटो सेना पूर्ण रुपमा बाहिरिँदा तालिवानले आफ्नो सशस्त्र गतिविधि थप बढाउन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले विदेशी सेना पूर्ण रुपमा अफ्गानिस्तानबाट फिर्ता भए तालेवान थप शक्तिशाली बन्ने खतरा रहेको बताए । तालिवान र डोनाल्ड ट्रम्प प्रशासनबीच अमेरिकी सेना फिर्ता गर्ने सन्दर्भमा भएको सहमति अनुसार अर्काे महिना १० हजार विदेशी सेना घर फर्किने छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई पत्र पठाउँदै अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले चिन्ता ब्यक्त गरेका छन् । अमेरिकाले ९० दिनसम्म हिंसा कम गर्न तथा संयुक्त राष्ट्रसंघको रोहबरमा दिगो शान्ति सम्झौता हुनपर्नेमा जोड दिएको छ ।

तालिवानसँग भएको शान्ति सम्झौता पुनरावलोकन गर्ने नवनिर्वाचित जो बाइडेन सरकारले बताएको छ । अमेरिका नेतृत्वको नेटोका १० हजार सेना मे १ सम्म फर्किने सहमति भएको छ ।

तालिवानको सुरक्षाका लागि ती सेना फर्काउने प्रत्याभूति गराइएको थियो । शान्ति सम्झौताका बाबजुत तालिबानले अफगानिस्तानमा हिंसाका घटना नियन्त्रणमा आएको छैन । अझै पनि पत्रकार, अधिकारकर्मी, राजनीतिज्ञ तथा महिला न्यायाधीस मारिने गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार