देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अफ्रिकी मुलुकको सार्वभौमसत्ता बहाल गर्ने विषयको सम्झौतामा हस्ताक्षर

0

काठमाडौं – सुडान र अमरिकाबीच अफ्रिकन मुलुकहरुको सार्वभौमसत्ता बहाल गर्ने विषयको सम्झौतामा हस्ताक्षर भएको छ ।

सुडानको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी अदालतमा सुडानविरुद्ध दर्ता भएको मुद्दा खारेज गर्ने तथा केन्या र तान्जानियास्थित अमेरिकी दूतावासमा गरेको आक्रमणको बदलामा सुडानले ३३ करोड ५० लाख डलर क्षतिपूर्ति बापत तिर्ने सम्झौता भएको अलजजिराले उल्लेख गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले एक साताअघि आतंकवादको प्रायोजक राष्ट्रको सूचीबाट सुडानलाई हटाउने घोषणा गरेका थिए ।

सुडानमा नयाँ सरकार गठन भएसंगै आतंक पीडित परिवारलाई सो रकम बराबरको क्षतिपुर्ति दिने घोषणा गर्नु भनेको सरहानिय काम रहेको राष्ट्रपति ट्रम्पको भनाई छ ।

यो कदमसंगै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी मूलुक र इजरायलसंगको सम्बन्धलार्य सामान्यीकरण गर्न खोजेको विश्लेषण गरिएको छ ।

यसअघि अमेरिकाले सुडानमा उमर अल बसीरले सत्ता कब्जा गरेपछि सन् १९९३ मा अलकायदाका नेता ओसामा विन लादेनलाई शरण दिएर आतंकवादलाई समर्थन गरेको आरोप लगाएको थियो । अमेरिकाले सन् २०१७ मा आर्थिक र व्यापारमा प्रतिबन्ध लगाएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार