देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अबदेखी २ सय बढी संक्रमित भएको जिल्लामा लकडाउन, ५ सय बढि भए निषेधाज्ञा

0

काठमाण्डौं – सरकारले २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ। त्यसैगरी  ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन्।

अहिले २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्। जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन्। अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन्।

सबभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्। काठमाडौंमा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार