देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा जान नपाइने

0

काठमाडौं – सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक विदेश यात्रा नगर्न आग्रह गरेका हुन् ।

डा. अधिकारीले हालसम्म नेपालमा फेला परिनसकेको भएतापनी ओमिक्रोन भेरियन्टको संक्रमणलाई ध्यानमा राख्दै  अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति : 

health-noticed.jpg
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार