देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब एसइई दिन उमेर हद नलाग्ने

0

काठमाडौं – यसपटक जुनसुकै उमेरका विद्यार्थिले पनि एसइई दिन पाउने भएका छन् । उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेपछी यो व्यवस्था लागु भएको हो ।

जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।

५ वर्षको विद्यार्थी कक्षा १ मा भर्ना हुने सरकारी व्यवस्थाका कारण १४ वर्ष उमेर पुगेकाले मात्र एसएलसी दिन पाउने व्यवस्था विगतमा शिक्षा ऐनमा  थियो तर हाल कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो। तर शिक्षा ऐनमा २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए।

यो व्यवस्थाले धेरै विद्यार्थीलाई समस्या पारेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हदको व्यवस्था हटाएको प्रवक्ता शर्मा  बताउँछन्। उनका अनुसार मन्त्रालयले  शिक्षा ऐनको दफा २ को खण्ड (घ) र (छ), शिक्षा नियमावली २०४९ को नियम ७८ को उपनियम ८२ मा संंशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईमा १४ वर्षको उमेर हदका कारण धेरै विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनुपर्ने, परीक्षा दिए पनि नतीजा विथहोल्डमा राखिने र पछि उमेर बढाएर ल्याउनुपर्ने अवस्थाले चुनौती थपिदिएको कारण आगामी एसइईमा उमेरको थ्रेस होल्ड हटाइएको जनाए।

अध्यक्ष शर्माका अनुसार विगतमा उमेर नपुगेकै कारण परीक्षार्थीको नतिजा विथहोल्डमा राख्दा अभिभावकहरू गलत प्रक्रियाबाट भए पनि उमेर बढाएको प्रमाणपत्र ल्याउनुपर्ने बाध्यता हटेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार