देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब औषधिबारे जानकारी मोबाइल एपबाटै लिन सकिने

0

काठमाडौं– नेपालमा प्रयोग हुने अत्यावश्यक औषधिको जानकारी अब मोबाइल एपबाट हेर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागले नेपाल सरकारले सूचीकृत गरेका ३९२ प्रकारका औषधि र त्यसको जानकारी मोबाइबाट नै लिन सकिने भएको हो ।

सोहि एप (आज) आईतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे । सोहि क्रममा मन्त्री ढकालले सो एपबारे भएका जानकारी, कसरी हेर्ने, प्रयोग गर्ने भन्नेबारे गाउँगाउँमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई तालिम दिनु आवश्यक भएको बताए ।

उक्त एप आगामी पुस १७ गतेदेखि मात्रै मोबाइलमा इन्स्टल गरेर हेर्न सकिने छ । एपमा औषधिको वैज्ञानिक नाम, त्यसको काम, साइडइफेक्ट्स, अन्य औषधि प्रयोग गरिरहेको बिरामी नयाँ औषधि प्रयोग गर्दा हुने असर लगायतका बारेमा पनि जानकारी राखिएको विभागले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार