देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताल, कोभिड अस्पताल

0

काठमाडौं – कोरोनाको संक्रमण ह्वात्तैबढेपछी सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने तयारी गरिरहेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले आपतकालिन बाहेकका बिरामी भर्ना नगर्ने तयारी समेत गरेको बुझिएको छ ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितब बाहेक अरुलाई राख्न पाइने छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार