देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब घरभाडामा बस्नेको विवरण प्रहरीमा बुझाउनुपर्ने

0

काठमाडौं – सरकारले घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले देशका मुख्य सहरका घरमा भाडामा बस्नेहरुको अभिलेख राख्ने निर्णय गरेको हो ।
भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो ।

“काठमाडौं उपत्यका लगायत देशका मुख्य(मुख्य सहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको हुँदा व्यक्ति/संस्था/कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने व्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण/जानकारी एवं छाडेको विवरण र जानकारी स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने,” गृह मन्त्रालयको निर्णयमा भनिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार