देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब जम्मु-कश्मिरमा भारतका सबै नागरिकले जमिन किन्न पाउने

0

काठमाडौं – भारतको केन्द्रीय सरकारले जम्मु तथा कश्मिर राज्यमा राज्य बाहिरका मानिसले पनि जग्गा किन्न पाउने गरी विभिन्न कानुनहरूको संशोधन गरेको छ ।

केन्द्रीय गृह मन्त्रालयले मंगलबार जम्मू कश्मीरको पुरानो ११ कानून रद्द गरेका थियो । यससँग अब सबै भारतीय नागरिकले जम्मू कश्मीर कृषि योग्य भूमि बाहेकका जग्गा किन्न सक्दछ । यसअघि जम्मु र कश्मिरका नागरिकलाई मात्र घरजग्गा किन्ने अनुमति थियो ।

गत वर्ष भारतको केन्द्रीय सरकारले संविधानको धारा ३७० अन्तरगत राज्यको विशेष शक्ति खारेज गर्दै जम्मु-कश्मिरलाई जम्मु र कश्मिर गरी दुई राज्यमा विभाजन गरेको थियो । यसले सरकारलाई कयौं कानुन परिवर्तन गर्ने बाटो खोलिदिएको थियो । कश्मीरका राजनीतिक दलहरूले यस सूचनामा कडा प्रतिक्रिया व्यक्त गर्दै भने यो काश्मिरलाई ‘सेल’मा राख्नु जस्तै हो ।

भारत सरकारले राजपत्रमा सूचना निकाल्दै केन्द्र शासित राज्यमा भूमिसँग सम्बन्धित जम्मु-कश्मिर विकास अधिनियमको धारा १७ बाट ‘राज्यका स्थायी निवासी’ भन्ने वाक्याशं हटाउँदै सबै भारतीय नागरिकलाई जमिन किन्ने बाटो खुला गरिदिएको हो ।

यो कानुनले कृषि भूमिलाई गैर-कृषि भूमिमा परिणत गर्ने हक भने दिएको छैन । यद्यपि, कानुनमा विभिन्न अवस्थामा तिनमा परिवर्तन हुन सक्ने प्रावधानहरू राखिएको छ। शैक्षिक तथा चिकित्सकिय कार्य जस्ता कामका लागि भने यी प्रावधानले कुनै रोक लगाउने छैन ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार