देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब ज्ञानेन्द्र र केपी ओली अध्यक्ष रहेको पार्टी बन्छ – योगेश भट्टराई

0

नवलपरासी – नेकपा (दाहाल–नेपाल) समुहका नेता एवं पुर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीका सबै कदम  आरोप लगाएका छन् । उनले पूर्वी नवलपरासीको कावासोतीमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी बनेमा आश्चर्य नहुने समेत बताएका हुन् ।

कार्यक्रममा बोल्दै भट्टराईले ओलीका सबै कदम त्यतातर्फ उन्मुख रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघियता विरोधी छन् । दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् । यी दुवै ( ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन ।’

ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो । ‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले (ओली) संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।’

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार