देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब पेन्सन, भत्ता लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

0

काठमाडौं – आगामी आर्थिक वर्षदेखि पेन्सन र सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।

सरकारी सेवा प्रणालीलाई चुस्त बनाउन भन्दै ‘मास्टरकार्ड’का रूपमा अघि बढाइएको राष्ट्रिय परिचयपत्रको प्रयोग बढाउने क्रममा दुई सेवामा यसको अनिवार्यता गर्न लागिएको हो । 

यससम्बन्धी कानुन संशोधन गरी सरकारले कार्यान्वयनको प्रक्रिया अघि बढाइसकेको छ । यसले पेन्सन वितरणमा रहेको दोहोरोपनलगायतको समस्या हल हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । 

परिचयपत्र अनिवार्य गरिएपछि पेन्सनमा हुँदै आएको दोहोरोपन सिस्टमबाटै रोकिनेछ । पेन्सन लिने पूर्वराष्ट्रसेवकले सामाजिक सुरक्षा भत्ता लिन पाउँदैनन् । तर, हाल नियमन गर्ने सिस्टम नहुँदा धेरैले दोहोरो सुविधा लिइरहेका छन् । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि यसको सहजै ट्रयाक हुनेछ  । 

राष्ट्रिय परिचयपत्र विभागले बैंक खाता खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी नेपाल राष्ट्र बैंकसँग छलफल अघि बढाएको छ । बैंक खातामा परिचयपत्र अनिवार्य गरिएमा सर्वसाधारणले केवाइसी (नो योर कस्टमर) फर्म भर्नुपर्दैन भने अरूको नाममा खाता खोलेर अवैध कारोबार गर्ने प्रवृत्ति पनि रोकिने विभागका अधिकारी बताउँछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार