देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब यी ९ देशबाट नेपाल आउन नपाइने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका एक सदस्यका अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ।

गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई ‘अनअराइभल’ भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार