देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब लकडाउनको विकल्प खोज्ने बेला भयो – देउवा

0

(काठमाडौं ) – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण उद्योग–व्यवसाय बन्द हुँदा श्रमिकको दैनिकी कठोर बन्दै गएका कारण लकडाउनको विकल्प खोज्नुपर्ने बताएका छन् ।

कांग्रेसको छाया अर्थ मन्त्रालयका संयोजक डा.मिनेन्द्र रिजालको  संयोजनमा भएको कार्यक्रममा सभापति देउवाले विदेशमा नेपाली नागरिकहरू अलपत्र रहेको भन्दै उनीहरूको उद्धार गर्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

कार्यक्रममा छाया सरकारमा अर्थ मन्त्रालयका संयोजक डा. मीनेन्द्र रिजालले उद्योगधन्दालाई नियमित गरेर व्यवसायीहरूबाट ब्याजदरमा सहुलियत, छरितो र नछरिएको बजेट ल्याउनुपर्ने गरी आएका सुझाब राम्रा रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लकडाउनले सबै क्षेत्र प्रभावित भएको भन्दै उद्योग क्षेत्रले ब्याज लिएर काम गरिरहेका हुनाले रोजगारी बढाउन, उत्पादन बढाउन सहुलियतमा ऋण आवश्यक भएको बताइन्  । पर्यटन विशेष रूपले हेर्नुपर्ने ,कृषि क्षेत्रलाई उस्तै प्राथमिकता राखेर सरकारले बजेट ल्याउनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै, महासंघका उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको उत्थान हुने गरी बजेट ल्याउन माग गरे । नेपालमा बढी भएको ऊर्जा भारतमा बेच्नुभन्दा उद्योगलाई सहुलियत दरमा दिन, बिजुलीमा छुटसहितका रिकभरी प्याकेज ल्याउन पनि उनले माग गरे । उद्योगहरू बन्द भएका वेलामा ‘डिमान्ड चार्ज’ र उद्योगलाई सहुलियत दिनुपर्ने माग उनको थियो । कृषि उत्पादनमा परनिर्भरता रहेको भन्दै उनले कृषि क्षेत्रको उत्पादन बढाउन नीतिगत व्यवस्था गर्न र वन क्षेत्रलाई व्यवसायीकरण गर्न माग गरे ।

नाटाका अध्यक्ष अच्युत गुरागाईंले कोरोनाका कारण विश्वमै सबैभन्दा प्रभाव पर्यटन क्षेत्रमा परेको बताए । बैंकिङ क्षेत्रमा ७ प्रतिशतसम्म ब्याज झर्दा पनि नाफा हुने गरेको भन्दै पर्यटन क्षेत्रका लागि २ प्रतिशतमा ब्याज उपलब्ध गराउन उनले माग गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार