देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब वागमति प्रदेशमा रगत नि:शुल्क पाइने

0

काठमाडौं – वागमती प्रदेश सरकारले रगत लिनका लागी कुनैपनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवम् आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै यसअघि रगत लिने क्रममा रक्तसञ्चार सेवा प्रदायकले लिने गरेको शुल्क नलाग्ने भएको हो ।

‘विपन्न नागरिक र आकस्मिक उपचारमा रगत लिँदा निःशुल्क रगत उपलब्ध हुने भएको छ । कार्यविधिअनुसार एकजना विपन्न नागरिकले एक आर्थिक वर्षमा बढीमा १० वटासम्म ब्लड ब्याग सेट र रक्त परीक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क पाउनेछन्,’ स्वास्थ्य मन्त्री निमा लामाले बताए ।

उनका अनुसार डायलासिस गराइरहनुपर्ने जस्ता रगत तथा रक्ततत्त्वसहित बढीमा १० वटासम्म थप ब्लड ब्याग सेट र रक्त परीक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क प्राप्त गर्नेछन् । दुर्घटना, विपद्लगायत आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा निःशुल्क प्राप्त गर्ने मन्त्री लामाले बताए ।

प्रदेश सरकारको यो निर्णयसँगै प्रदेशका वीर, पाटनजस्ता ब्लड बैंक भएका सरकारी अस्पताल र जिल्लास्थित रेडक्रस सोसाइटीमा रहेको ब्लड बैंकबाट निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार