देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अब १०–१५ वर्ष मात्रै राजनीतिमा सक्रिय रहन्छु : गगन थापा

0

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् ।

विनायक सिद्धि कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए ।

हामीलाई ‘प्रवलम’ देखाउने मानिस होइन, सोलुसन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’  जसले पनि देखाउनसक्छ । ‘प्रवलम’ देखाउने बहादुर होइन् सोलुसन खोज्ने मानिस बहादुर हो ।’

महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५र३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०र१५ वर्ष मात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार