देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोना विरुद्धको खोप

0

काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले टेलिभिजनमा प्रत्यक्ष प्रशारणका क्रममा फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् ।

यो खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश अमेरिकाका नागरिकमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको उनले बताए । उनले भनेका छन्, “अमेरिकाका मानिसहरूलाई यो खोप उसको लागि सुरक्षित छ भनेर भन्न चाहन्छु ।”

कोरोना विरुद्धको खोप लगाएर राष्ट्रपति जो बाइडेन ती नेताहरू मध्ये एक भएका छन् जसले भर्खर कोरोना खोप स्थापना गरे । बाइडेन भन्दा अघि उपराष्ट्रपति माइक पेन्स र प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीले पनि कोरोना खोपको एक डोज लिएका छन् ।

बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी गरेका छन् ।

हालसालै अमेरिकाले फाइजर खोप प्रयोग गर्नका लागि अनुमति दियो । गत हप्ता स्वीकृति पाएपछि दोस्रो कोरोना खोप (मोर्डर्ना भ्याक्सिन) पनि देशका जनतालाई दिइनेछ ।

बीबीसीका अनुसार अमेरिकामा अहिलेसम्म पाँच लाख भन्दा धेरै अमेरिकीले खोप लगाइसकेका छन् । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाख भन्दा बढी छ । हिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ ।

डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताए । “म मानिसहरूलाई बताउन चाहन्छु कि कोरोना खोप उपलब्ध भएको खण्डमा यसका लागि तयार हुनुपर्दछ । तपाईले यसबारे चिन्ता लिनुपर्दैन, उनले भने, ‘ट्रम्प प्रशासनलाई देशमा कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गर्न श्रेय दिनु पर्दछ ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार