देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

0

काठमाडौं – अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या दुई लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ७२४ जनाको मृत्यु भएको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या ६८ लाख भन्दा ९४ हजार ५८६ पुगेको छ । अमेरिका विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक हो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए । त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ ।

नर्थ डकोटा, युटा लगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको हो । तर, राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको संख्या कम गर्न मद्दत गरेको दाबी गरे ।

गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको संख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले “राम्रो काम गरेको हुने” बताएका थिए ।फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको संख्या “शुन्य नजिक” पुग्ने अनुमान गरेका थिए ।

अमेरिकामा पहिलो सङ्क्रमितको घटना ज्यानवरी महिनामै पुष्टि भएको थियो । त्यसयता भाइरसको नियन्त्रण र रोकथामको विषयलाई लिएर ट्रम्प प्रशासनको पटकपटक आलोचना हुँदै आएको छ ।

आउँदो नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले पनि कोरोना भाइरसको नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन् । उनले भने, “डोनल्ड ट्रम्पको झुट र विगत छ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन् ।”

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार