देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकामै लुकेकी भनिएकी उपमेयरको प्रतिक्रिया : म कतै हराएकी छैन

0

मध्यबिन्दु/काठमाडौं – गोष्ठीमा सहभागी हुन अमेरिका पुगेर सम्पर्कविहिन भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली(दर्शना)ले आफू बिरामी परेकाले नेपाल फर्कन नसकेको बताएकी छिन् । आइतबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले आफू अमेरिकामा नलुकेको प्रतिक्रिया दिएकी हुन् ।

नगरपालिकाका मेयर रतन शाहीको स्वीकृतिमा आफू अमेरिका गएको उल्लेख गर्दै उनले विरामी भएको खबर दिन शाहीलाई सम्पर्क गरे पनि फोन नउठेको बताएकी छिन् ।

कात्तिक १ गते इन्टरनेसनल सिटी मेनेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपाली र धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना अमेरिका पुगेका थिए ।
आफू राम्ररी बोल्न समेत नसक्ने भएकाले भारतकी डा.अञ्जिर कुमारबाट उपचार गराइरहेको उल्लेख गर्दै उनले पूर्ण रुपमा निको हुन पाँच महिना लाग्ने बताएकी छिन् ।

आफू अमेरिकामा लुकेको भन्ने समाचारहरुमा पनि कुनै सत्यता नभएको उनले बताएकी छिन् । ‘अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन’ उपमेयर नेपालीले स्टाटसमा लेखेकी छिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार