देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकी डलरको मूल्य हालम्मकै महँगो

0

(काठमाडौं) – नेपालको विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलरको मूल्य हालम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २८ पैसा पुगेको छ ।

बिहीबार डलर एककोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा रहेको थियो । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण डलरको भाउ पनि बढेको हो ।

सन् २०१८ को यो उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । कोरोनाको संक्रमण विश्वभर फैलिएपछि अमेरिकी डलर बलियो बन्दै गएको छ । पछिल्लो समय डलरको मूल्य नेपालमा निरन्तर बढिरहेको छ । अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर बनेको छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ । कोरोना भाइरसको असर यतिबेला विश्व अर्थतन्त्रमा नै असर परेको छ । अहिले डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । बिहीबार (हिजो) खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । बिहीबार (हिजो) खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । बिहीबार (हिजो) खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार