देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘कोरोना महामारी अझ खराब हुनेछ’

0

काठमाडौं  – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारीको स्थिति अझ खराब हुने बताएका छन् । ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारीको कारण देखापरेको अवस्था ुसुधार उन्मुख हुनुअघि खराब हुनेु अनुमान गरेका हुन् ।

उनले कोरोना भाइरस सम्बन्धी पत्रकारहरूलाई जानकारी दिने काम फेरि सुरु गरेका छन् र त्यही बेला उनले यस्तो बताएका हुन् । उनले सबै अमेरिकी नागरिकहरूलाई मुख ढाकेर हिँड्न पनि आग्रह गरेका छन् । त्यसको असर हुने भन्दै उनले देशप्रेम देखाउन पनि भनेका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले प्रेससँगको कुराकानीको क्रममा आफैंले फेस मास्क लगाएका थिएनन् र यसभन्दा अघि उनले त्यस्तो सावधानी कदमहरूको मजाक बनाउँदै आएका थिए ।

राष्ट्रपतिका सल्लाहकारहरूले उनलाई यस विषयमा नयाँ अडान लिन आग्रह गरेका छन् किनकि पूरै अमेरिकामा कोरोनाका केसहरू फेरि बढ्दै छन् ।

अमेरिकाभर भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न भनेको बताइन्छ ।

एप्रिलमा दैनिक हुने ब्रिफिङकै क्रममा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचार निसङ्क्रमित बनाउने खोप लगाएर गर्न सकिने बताएपछि उनको चर्को आलोचना भएको थियो ।

त्यसपछि मिडिया ब्रिफिङ पनि रोकिएको थियो । महिनौंपछि मङ्गलवार ह्वाइट हाउसमा भएको ब्रिफिङमा उनले धेरैजसो लेखिएकै कुरा भनेका थिए ।

उनले त्यहाँ खासगरी जनस्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको महामारीबारे भन्दै आएको कुरा नै भनेका थिए । ट्रम्पले ‘दुर्भाग्यवश कोरोना भाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने’ भन्दै चेतावनी दिएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार