देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकी संसदले ल्यायो तिब्बतसम्बन्धी विधेयक

0

एजेन्सी – अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले तिब्बत सम्बन्धि एक विधेयक पास गरेको छ । तिब्बती नागरिकको अधिकार र तिब्बतको स्वायत्तताका लागि भन्दै अमेरिकाले ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २००२’लाई संशोधन गर्न नयाँ विधेयक ल्याएको हो । ४३५ सदस्य रहेको तल्लो सदनका ३९२ जनाले विधेयकको पक्षमा मतदान गर्दा २२ जनाले मात्र विपक्षमा मतदान गरेका छन् ।

विधेयकमा निर्वासनमा रहेका धर्मगुरु दलाई लामाको उत्तराधिकारी चयनमा दबाब र्पुयाउन खोज्ने चिनियाँ अधिकारीमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने उल्लेख छ । त्यस्तै, ल्हासामा अमेरिकी कन्सुलेट स्थापनाका लागि अनुमति नदिएसम्म अमेरिकामा थप चिनियाँ कन्सुलेट स्थापना गर्न नदिने पनि विधेयकमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपी सो विधेयक ऐनका रुपमा आउनका लागि त्यहाँको माथिल्लो सदन सिनेटबाट पनि पास हुनुपर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )