देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अरु सबैकाम थाँति राखेर जनताको जीवन जोगाउन गगन थापाको प्रधानमन्त्रीलाई आग्रह

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटरमार्फत एउटा आग्रह गरेका छन् ।

नेता थापाले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्–‘प्रधानमन्त्री ज्यू, फेरी एकपटक मौका पाउनु भएको छ । अब केही दिन तपाईं अन्य सबै कुरा छाडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र, सबै महामारीसंग जुध्न लगाउने होस् ।’

पुर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले उक्त आग्रहसंगै एउटा भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन् -‘हामी पनि अबको केही समय तपाईंसंगका सबै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिने छौं, ।

भिडियोमा पनि नेता थापाले प्रधानमन्त्रीलाई पार्टीका सम्पूर्ण विवादहरु, उद्घाटनहरु थाँती राख्दै महामारीविरुद्ध लड्न आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार