देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्कै नेकपाको पुनर्गठन मंसीर ८ गते

0

काठमाण्डौं – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माले-एमालेको एकिकरणमा असहमती जनाउँदै अलग्गै बसेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसीर ८ गते ७ औं पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । उक्त पार्टीले तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर विगतमा झैँ यसपटक पनि पुनर्गठन दिवस मनाउन लागेको हो ।

जसअनुसार ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, ७ गते देशव्यापी प्रदर्शन तथा जनसभा गर्ने र ८ गते पार्टी पुनर्गठनको दिन देशभर उत्सव मनाउने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पार्टी उपाध्यक्षमा जगतबहादुर बोगटी र लोकनारायण सुवेदी छन् भने हरिदेव ज्ञवाली,रामबहादुर भण्डारी र टंक राई उपाध्यक्ष छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार